दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान  एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका– १ भादगाउँका ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा  नदीमा बेपत्ता भएका हुन् ।
 
कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदीकिनार आसपासका  मानिसको भिड लाग्ने गर्दछ । 

पहिराेले अवरुद्व पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

म्याग्दे गाउँपालिका– ६ मौरीओडारमा आज बिहान पहिराे खस्दा अवरुद्व पृथ्वी राजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ। अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्व भएको थियो । पृथ्वी राजमार्गअन्तर्गत पर्ने बन्दीपुर– ५ याम्पानजिक खसेको पहिराे पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार