अनर–२०० सिरिज लन्च हुँदै

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

स्मार्ट फोन निर्माता कम्पनी अनरले नयाँ मोडेल अनर–२०० सिरिज यही महिना नेपालमा लन्च गर्ने भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले अनर–२०० सिरिज लन्च गर्ने भएको हो । यद्यपि, लन्चको मिति भने तय भइनसकेको कम्पनीले जनाएको छ । 

कम्पनीले अनर सिरिजअन्तर्गत अनर–२०० र अनर–२०० प्रो लन्च गर्नेछ । एआई सुविधासहित अद्यावधिक भएका यी मोडेल यसअघिको अनर–९० सिरिजको उत्तराधिकारी भएको बताइएको छ । 

यस सिरिजमा ५० मेगापिक्सेलको पोट्रेट मुख्य क्यामरा रहेको दुवै मोडेलमा ५२०० एमएएच सिलिकन कार्बन ब्याट्री पनि छ । एकपटक चार्ज गर्दा ६१ घण्टासम्म म्युजिक स्ट्रिमिङ गर्न सकिनेछ । १२/२५६ र १२/५१२ जिबी गरी दुई भेरियन्टमा आउने अनर–२०० प्रो ओसन सायन र ब्ल्याक कलरमा तथा अनर–२०० मुनलाइट ह्वाइट र ब्ल्याक कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार