रिलायन्सको आइपिओमा लेखा समितिले माग्यो स्पष्टीकरण

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

संसद्को सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आइपिओ)का सम्बन्धमा नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ । समितिले मंगलबार बोर्डलाई पत्राचार गर्दै रिलायन्सको आइपिओको सम्बन्धमा पाँचबुँदे स्पष्टीकरण सोधेको हो । 

रिलायन्सको आइपिओ निष्कासनमा कैफियत देखिएको तथा सर्वसाधारण लगानीकर्ताको लगानी असुरक्षित हुन सक्ने सार्वजनिक चर्चाबीच लेखा समितिले बोर्डलाई स्पष्टीकरण सोधेको हो । समितिले बुक बिल्डिङको मूल्य तय, रिलायन्सको वित्तीय विवरण, संस्थागत लगानीकर्ताले खरिद गरेको सेयर, लगानीको सुरक्षालगायत विषयमा सात दिनभित्र स्पष्टीकरण पठाउन भनेको छ ।

लेखा समितिले रिलायन्सको आधार मूल्य तयार गरिएको आधार, बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार र यसको प्रक्रिया के हो भनेर बोर्डलाई प्रश्न गरेको छ । त्यस्तै, रिलायन्सले बुक बिल्डिङमा आइपिओ ल्याउँदा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरिएको भए पनि एक वर्ष नपुग्दै उक्त आम्दानी घेरेर दुई रुपैयाँ ०८ पैसामा सीमित हुनुले वित्तीय विवरण तयार गर्दा छलछाम भएको भन्न किन नसकिने भन्दै प्रश्न गरेको छ । 

त्यस्तै, समितिले कम्पनीको आम्दानीको प्रक्षेपण र वास्तविक वित्तीय विवरणमा मेल नखाएको भन्दै त्यसमा समेत शंका गरेको छ । ‘कम्पनीले जारी गरेको आह्वानपत्रमा वित्तीय विवरणको पक्षेपण प्रतिसेयर आम्दानी आर्थिक ०८०/८१ मा ३२.८९ र ०८१/८२ मा ५३.९५ रुपैयाँ हुने रहेकोमा चालू आवको चैतसम्म प्रतिसेयर आम्दानी २.०८ मात्र देखिाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामञ्जस्य नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो, स्पष्ट जानकारी उपलब्ध गराउनू’ समितिको पत्रमा उल्लेख छ ।

See More On

सुझावित समाचार