इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले वासर ड्रायर वासिङ मेसिन ल्याएको छ । कम्पनीले बर्खाको मौसमलाई लुगा सुकाउनै नपर्ने गरी कपडा धुने र मेसिनभित्रै सुक्ने प्रविधि भएको वासर एन्ड ड्रायर वासिङ मेसिन ल्याएको हो ।
उक्त मेसिनमा स्पाकेयर प्रविधि रहेको र यसले लुगा सफासँग धोई लुगामा भएका कीटाणु नाश गरी, हिट पम्प ड्राइङ टेक्नोलोजीमार्फत कपडा मेसिनभित्र, सहजै रूपमा धुन अनि सुकाउन मिल्ने कम्पनीले जनाएको छ ।
यसमा बि–ड्राइभ इन्भर्टर मोटरले १४०० आरपिएममा कपडा मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडा फरक–फरक ढंगले धुनका लागि प्रि–वास, नाइट वास, एक्स्ट्रा रिन्ज अनि स्पिड वासजस्ता मोड रहेका छन् । कम्पनीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ । मेसिननजिकैका सिजी स्टोर या अनलाइनबाट पनि खरिद गर्न सकिनेछ ।