मानन्धर गुह्येश्वरी मर्चेन्टको स्वतन्त्र सञ्चालक नियुक्त

सोमबार, २४ असार, २०८१
डिजिटल संस्करण

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा राजेशप्रसाद मानन्धर नियुक्त भएका छन् ।फाइनान्सको सञ्चालक समितिको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । मानन्धरसँग वित्तीय क्षेत्रमा २६ वर्ष र इन्स्योरेन्स क्षेत्रमा दुई वर्षको कार्यानुभव रहेको छ । 

संस्थाले देशभरका २३ वटा शाखा कार्यालय र चार विस्तारित काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

सुझावित समाचार