बाढीपहिरोबाट १६ परिवार विस्थापित

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण

दार्चुलामा बाढीपहिरोबाट १६ परिवार विस्थापित भएका छन् । मार्मा गाउँपालिका ४ र ५ का ती परिवार विस्थापित भएका हुन् ।

मार्मा हुँदै मुरै–गोल्फा–सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार विस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।

बाढी घरमा पसेपछि विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोबाट विस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान लटिनाथ आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले बताए।

दार्चुलामा बिहीबार साँझदेखि पानी परिरहेको छ । (रासस)
 

सुझावित समाचार