सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो

बिहिबार, २० असार, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा  एक हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला  एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने  एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । 

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला  एक लाख ४२ हजारमा कारोबार भएकाेमा सोही परिमाणको तेजाबी सुन आजका लागि  एक लाख ४३ हजार ६ सय रुपैयाँ तोकिएको छ  ।

यसैगरी, चाँदीको मूल्य तोलामा र ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला  एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मोल आजका लागि भने  एक हजार आठ सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

See More On

सुझावित समाचार