मनसुनमा मेकअप : छान्नुस् यस्ता सामग्री

मंगलबार, १९ असार, २०८१
डिजिटल संस्करण

मानिसले आफ्नो स्किन टोनअनुसार मेकअप सामग्री किन्नुपर्छ । वार्म बेस्ड कलर र कुल बेस्ड कलरका लागि फरक–फरक खाले फाउन्डेसन पाइन्छन् । नेचुरल लाइटमा हेरेर पहिले टेस्ट गरेर किन्नु राम्रो हुन्छ । किनकि, कसैलाई नसुहाउने वा कसैलाई एलर्जी हुने पनि हुन सक्छ । 

वर्षात्को समय वाटरप्रुफ फाउन्डेसन र मेकअप सामग्री राम्रो हुन्छ । अन्यथा, यस समय पानीले छिट्टै मेकअप पखालिन सक्छ । वाटरप्रुफ मेकअप पसिना बगेका वेला टिक्दैन, तर यसले बाहिरबाट पानी पर्दा पनि मेकअप टिक्छ । जथाभावी मेकअप सामग्री किन्दा मेकअप लामो समय नटिक्ने, छालामा समस्या देखिने पनि हुन सक्छ । त्यहीकारण राम्रा क्वालिटीका प्रडक्ट छान्नुपर्छ ।

मेकअपका दौरान धेरैथरीका प्रडक्ट प्रयोग भएको हुन्छ । त्यसलाई लक गर्न मेकअप गरिसकेपछि सेटिङ स्प्रे लगाउनुपर्छ । 

आवश्यकताअनुसार हेभी वा लाइट दुवै मेकअप गर्न सकिन्छ । यद्यपि, मेकअप सामग्री गुणस्तरीय हुन जरुरी छ । पछिल्लो समय कलेज पढ्ने विद्यार्थी, कार्यालयमा काम गर्नेलगायत धेरैले न्युड मेकअप नै गर्छन् । विभिन्न कार्यक्रममा जाँदा पनि न्युड मेकअप गर्ने चलन बढेको छ । यसमा डार्क प्रडक्टहरू कम प्रयोग भएको हुन्छ ।

स्किन केयरमा ध्यान दिनुपर्छ । हेभी मेकअप गर्नेहरूले अझै धेरै ध्यान दिन जरुरी छ । फोटो सुट गर्ने, क्यामेराअगाडि काम गर्नेहरूले नियमित मेकअप गरिरहेका हुन्छन् । त्यस्ता व्यक्तिले स्किन केयरमा अझै धेरै ध्यान दिन जरुरी छ । सुत्नुअघि मेकअप अनिवार्य पखाल्नुपर्छ । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ । राति सुत्दा मोस्चराइजर क्रिम लगाउनुपर्छ । सुत्नुअघि राम्ररी अनुहार सफा गर्दा छाला चम्किलो रहन्छ, एन्टिएजिङ, दागधब्बालगायत समस्याबाट पनि बच्न सकिन्छ ।

कस्तो कार्यक्रममा जाने हो, त्यहीअनुसार सुहाउँदो हेयरस्टाइल र ड्रेसअप गर्नुपर्छ । 

बजारमा सनस्क्रिन र फाउन्डेसन टाइपको मिक्स क्रिम पनि पाइन्छन् । छिटो मेकअप गर्नेहरूले यस्ता प्रडक्ट प्रयोग गर्दा हुन्छ । 

मेकअप नगर्नेहरूले पनि छालाको सुरक्षाका लागि सनस्क्रिन क्रिम लगाउनु राम्रो हुन्छ । प्रत्येक तीन–तीन घण्टाको फरकमा सनस्क्रिन क्रिम लगाउनुपर्छ । 

खानपान र जीवनशैलीले पनि छाला स्वस्थ राख्नका लागि भूमिका खेल्छ । स्वस्थ र सन्तुलित आहार लिने, पानी प्रशस्तै पिउने, सिजनअनुसारका फलफूल तथा ताजा तरकारी खाने गर्नुपर्छ । मद्यपान, धूम्रपान, जंकफुड र अत्यधिक चिल्लो खानेकुराबाट टाढा रहनुपर्छ । 

See More On

सुझावित समाचार