प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारीको नाम सिफारिस गरिएको छ। नेपाल सरकारका पूर्वसचिव अधिकारीलाई सभामुख देवराज घिमिरेले सिफारिस गरेका हुन्।
प्रतिनिधिसभाका सचिव सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
सिफारिस भएका अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि रिटायर्ड भएका थिए। प्रतिनिधिसभा सचिव पदम पाण्डेय महासचिव नियुक्त भएपछि सचिव पद रिक्त छ।