राजपुरमा चट्याङ लागेर महिलाको मृत्यु

शनिबार, १५ असार, २०८१
डिजिटल संस्करण

दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

खेतमा काम गरिरहेको समयमा शुक्रबार साँझ करिब ७:३० बजे परेको चट्याङ लागेर घाइते भएकी राजपुर गाउँपालिका–२ मटेरियानिवासी करिब ४० वर्षीया भूमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका वरिष्ठ प्रहरी निरीक्षक उज्जवल शाहले जानकारी दिए ।

वरिष्ठ प्रहरी निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
 

See More On

सुझावित समाचार