प्रिमियम इलेक्ट्रिक एसयुभी एलइभी ०१ आउँदै

शुक्रबार, १४ असार, २०८१
डिजिटल संस्करण

प्रिमियम इलेक्ट्रिक एसयुभी एलइभी–१ को आधिकारिक विक्रेतामा वेबोर ग्रुपअन्तर्गतको नेक्सन भेन्चर्स प्रालि नियुक्त भएको छ । योसँगै सांघाई लन्च अटोमोटिभको पहिलो राइट ह्यान्ड ड्राइभ मोडेलको रूपमा तयार पारेको प्रिमियम एसयुभी नेपाल आउने भएको हो ।

वेबर ग्रुपले नेपाली बजारमा एलइभी–१ को सुरुवात गर्न लागेको छ । यसले विद्युतीय सवारीसाधनको भविष्यतर्फ सकारात्मक कदम चालेको बताइएको छ । नेपाली अटोमोबाइल उद्योग विकासमा यसले विशेष योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

प्योर इभी प्लेटफर्ममा निर्मित प्रिमियम इलेक्ट्रिक एसयुभीमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्टेट ब्याट्री र ९९ किलोवाटको मोटर रहेको छ । साथै, यसले ५०० किमि रेन्ज दिने कम्पनीको दाबी छ । यो मोडेलमा डिसी फास्ट चार्जर प्रयोग गरी आधा घन्टामै ३० देखि ८० प्रतिशतसम्म चार्जसमेत गर्न सकिने बताइएको छ ।

सुझावित समाचार