नेता जहाज चढेर धान रोप्न जाने तयारीमा, किसान मलको लाइनमा

शुक्रबार, १४ असार, २०८१
डिजिटल संस्करण
नेता जहाज चढेर धान रोप्न जाने तयारीमा, किसान मलको लाइनमा

बिहीबार भरतपुरमा रहेको पाखुरीचोक कृषि सहकारी संस्थामा मल खरिदका लागि आएका किसानहरुको लाइन

हरेक वर्ष मलको चरम अभाव व्यहोरिरहेका किसानले यो रोपाइँमा पनि रायायनिक मल पाएका छैनन् । असारमा रोपाइँमा व्यस्त हुनुपर्ने किसान रासायनिक मलकै चिन्तामा छन् । रोपाइँ छाडेर मल बिक्री केन्द्रमा धाउनु उनीहरूको बाध्यता हो । ‘जलवायु मैत्री कृषि, धान उत्पादमा वृद्धि’भन्ने नारासहित भोलि (असार १५) गते चितवनमा नेपाल सरकारले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छ । 

कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदै छन् । अन्य दलका शीर्ष नेताहरू पनि जहाजमा काठमाडौंदेखि विभिन्न जिल्ला पुगेर धान दिवस मनाउने तयारीमा छन् । 

तर, देशभरिका किसान मलकै चिन्तामा छन् । खेत रोप्दा डिएपी र पोटास मलको आवश्यकता हुन्छ भने रोपेको एक महिनासम्म धान गोड्नुपर्छ । त्यो समयमा युरिया हालिन्छ । तर, चितवनसहितका किसानले मल नपाउँदा विगत सात वर्षदेखि सिजनमा यस्तै सास्ती भोग्न परेको छ। 
 

सुझावित समाचार