राष्ट्रपतिलाई ‘कालो जादु’ गरेको आरोपमा माल्दिभ्समा जलवायुमन्त्री पक्राउ

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण
राष्ट्रपतिलाई ‘कालो जादु’ गरेको आरोपमा माल्दिभ्समा जलवायुमन्त्री पक्राउ

राज्यमन्त्री फतिमथ (बायाँ), राष्ट्रपति मुइजु (दायाँ)

माल्दिभ्सको राष्ट्रपतिलाई ‘कालो जादु’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन्।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले बताए।

‘राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादु गरेको आरोपमा सामनाजलाई पक्राउ गरिएको खबर आएको छ,’ स्थानीय अनलाइन आउटलेट द सनले भनेको छ।

मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिताअन्तर्गत जादुटुना अपराध उल्लेख नभए पनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि ६ महिनासम्मको जेल सजाय हुनेछ। रासस

सुझावित समाचार