भारतको संसद्ले पायो एक दशकपछि विपक्षी दलको नेता

बिहिबार, १४ असार, २०८१
डिजिटल संस्करण

भारतको संसद्ले एक दशकपछि विपक्षी दलको नेता पाएको छ । भारतीय कंग्रेसका नेता एवं सांसद राहुल गान्धीले विपक्षी दलको कार्यभार औपचारिक रूपमा सम्हालेपछि संसद्ले विपक्षी दलको नेता पाएको हो । विपक्षी सांसदले मोदी प्रशासनलाई चुनौती दिने आशासहित गान्धीलाई विपक्षी नेताका रूपमा चयन गरेका छन् ।

पदभार ग्रहणपछि आफ्नो पहिलो सम्बोधनमा राहुलले आफ्ना सांसदहरू चुप लागेर नबस्ने र संसद्मा अन्यायविरुद्ध आवाज बुलन्द गर्ने बताए । ‘सरकारसँग राजनीतिक शक्ति छ, तर विपक्षले पनि भारतीय जनताको आवाजको प्रतिनिधित्व गर्छ,’ गान्धीले संसद्को तल्लो सदनमा सम्बोधन गर्दै भने, ‘यसपटक विपक्षीले भारतीय जनताको आवाजलाई उल्लेखनीय रूपमा प्रतिनिधित्व गर्नेछ ।’

पछिल्ला दुई कार्यकाल भारतीय राष्ट्रिय कंग्रेससँग संसद्मा आवाज बुलन्द पार्न सक्ने गरी पर्याप्त सिट थिएनन् । पहिलो दुई कार्यकालमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) ले भारी मतान्तरले विजय हासिल गरेपछि संसद्मा विपक्षीहरूको आवाज ‘शून्य’ बनेको थियो । 

सुझावित समाचार