बुटवल-नारायणगढ सडक ६ ठाउँमा एकतर्फी

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

नवलपुरको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा वर्षाका कारण गएरातिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दाउन्नेका ६ स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । 

पौडेलका अनुसार चाइना स्टेट कम्पनीले दाउन्नेमा ससाना खोल्सा र खोलामा कल्भर्ड निर्माणमा ढिलाइ गरेका कारण पानीपर्ना साथ सडक एकतर्फी हुने गरेको छ। दाउन्ने डाँडाको दुम्कीवासदेखि बर्दघाटसम्म ठाउँठाउँमा बाटो हिलाम्म हुनुका साथै बाटो चिप्लो भएको कारण यातायात आवतजावतमा समस्या भएको छ । 

आधा घण्टामा पार गर्न सकिने दाउन्नेको १४ किलोमिटर सडक खण्ड पार गर्न अहिले ५–६ घण्टा लाग्ने गरेको छ ।

सुझावित समाचार