पहिरोले कालीगण्डकी करिडोरसहित नवलपुरका विभिन्न सडक अवरुद्ध

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण

वर्षासँगै आएको पहिरोले नवलपुरको बुलिङटार गाउँपालिका– ६ मा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुलिङटार– ६ स्थित फुलमती खोला बढ्दा सडक अवरुद्ध भएको हो। यता जिल्लाको हुप्सेकोट गाउँपालिका– ५ पोखरीमा पनि वर्षाका कारण पहिरो खस्दा दलदले–डेढगाउँ सडक अवरुद्ध भएको छ। 

त्यसैगरी हुप्सेकोट– ५ पाङ्ग्रेमा पनि पहिरो खस्दा दलदले–बुलिङटार सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। पानी  परिरहेकाले यी कुनै पनि स्थानमा तत्काल सडक खुलाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार