एमाले सांसद भन्छन्– जनता सरकारको कामबाट सन्तुष्ट छैनन्

मंगलबार, ११ असार, २०८१
डिजिटल संस्करण
एमाले सांसद भन्छन्– जनता सरकारको कामबाट सन्तुष्ट छैनन्

फाइल तस्बिर

नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारको कामबाट जनता र सांसद सन्तुष्ट नरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद पन्तले भने, ‘प्रधानमन्त्रीज्यू कति गरिरहेको छु भन्नुहुन्छ । हामी सांसद र जनताचाहिँ सरकारबाट सन्तुष्ट भएको देखिएन । प्रधानमन्त्रीज्यू कति सन्तुष्ट हुनुहुन्छ ?’

सांसद पन्तले चालू खर्च बढिरहेको सन्दर्भमा उपराष्ट्रपति र राष्ट्रिय सभाको अध्यक्ष एउटै व्यक्ति हुने प्रणाली अवलम्बन गर्न सकिने प्रस्ताव गर्दै राष्ट्रपतिको सल्लाहकार घटाउने र निर्वाचन प्रणाली परिवर्तनका बारेमा प्रधानमन्त्रीलाई प्रश्न गरे।

‘बढिरहेको चालू खर्च घटाउनका लागि उपराष्ट्रपति र राष्ट्रिय सभाको अध्यक्ष एउटै व्यक्ति हुने सिस्टममा जान सकिनेबारे प्रधानमन्त्रीको विचार के छ ? राष्ट्रपतिले चार–पाँचजना सल्लाहकार राख्ने जुन प्रथा छ, त्यसलाई घटाउन कानुन ल्याउने विषयमा उहाँको विचार के छ ? र निर्वाचन प्रणालीबारे पनि यसले राजनीतिक अस्थिरता बढायो भन्ने प्रश्न उठिरहेको हुँदा यसबारेमा उहाँको विचार के छ, म त्यो जान्न चाहन्छु।’

सुझावित समाचार