यस्तो छ राजेशपायलको ‘मनको सारंगी’ (भिडियो)

मंगलबार, ११ असार, २०८१
डिजिटल संस्करण

गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारंगी’ सार्वजनिक भएको छ। सरिता लिङ्देनको शब्द रहेको गीतमा मन्जु मितेरीले संगीत भरेका छन्।

गीतमा गायक तथा संगीतकार बादल लिम्बूको एरेन्ज रहेको छ। नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेशपायल स्वयं फिचर्ड छन्।

रोमान्टिक शैलीमा गाइएको यो प्रेमगीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो। गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन्।

सुझावित समाचार