संसद्का कर्मचारीको माग सम्बोधन गर्न बसेको बैठक निष्कर्षहीन

सोमबार, १० असार, २०८१
डिजिटल संस्करण

आन्दोलनरत संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न बसेको वार्ता निष्कर्षविहीन भएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा कर्मचारी युनियनका प्रतिनिधि तथा कानुनमन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्याल, एमाले सचेतक सुनिता बराललगायतबीच वार्ता भएको थियो।

संसद् सेवाका कर्मचारीले अतिरिक्त समयमा काम गरेको पारिश्रमिकसमेत नपाएको भन्दै सरकारसमक्ष विभिन्न ११बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन्। उनीहरूको आन्दोलनको असर संसद्का दुवै सदनका बैठकमा पर्ने गरेको छ। 

कर्मचारी आन्दोलनको कारण आज पनि प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेन। 

समस्या समाधानका लागि आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकले कानुनमन्त्री गिरीको नेतृत्वमा समिति बनाएको थियो। सो समितिले कर्मचारीका मागबारे सहजीकरण गर्ने बताइएको छ।

सुझावित समाचार