इन्फिनिक्सले बहुप्रतीक्षित adrenaline-fueled जिटी–२० प्रे नेपाली बजारमा लन्च गरेको छ। यो जिटी–२० प्रे स्मार्टफोनको मूल्य १२+२५६ जिबीका लागि ४७,९९९ रुपैयाँ निर्धारण गरिएको छ।
यो नयाँ स्मार्टफोनले आफ्नो उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनको साथ स्मार्टफोन बजारलाई परिवर्तन गर्न तयार रहेकाे कम्पनीके दाबी छ। यो युरोप, मध्यपूर्व र अफ्रिका तथा मध्य र दक्षिण एसिया क्षेत्रहरूमा पब्जी मेबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा, इन्फिनिक्सले मोबाइल गेमरहरूलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउँदै छ।
जिटी–२० प्रेमा नेपालको पहिलो MediaTek Dimensity 8200 प्रोसेसर छ, जुन 4nm Octa-Core को साथ आउँछ। यसको AnTuTu स्कोर ९५०,००० भन्दा बढी छ। 12 GB LPDDR5X RAM स्टोरेजको साथ, विनारोकावट मल्टिटास्किङ र छिटो एप लोडिङको अनुभव हुनेछ।
इन्फिनिक्स जिटी–२० प्रेले पब्जी माेबाइलमा 120 FPS सपोर्ट गर्दछ, जसले हरेक सेकेन्डमा १२० फ्रेमहरू प्रदर्शन गर्न सक्छ। यो 144Hz उच्च रिफ्रेस दर र 120FPS ले गेमिङ अनुभवलाई थप जीवन्त बनाउँछ। जिटी–२० प्रे स्मार्टफोन Outplaying the Rest को भावना अपनाउँदै डिजाइन गरिएको छ। Cyber Mecha Design 2.0 अवधारणाबाट प्रेरित यो Mecha Blue, Mecha Orange, र Mecha Silver रंगहरूमा उपलब्ध छ।
इन्फिनिक्स ले पिक्सलबर्क्ससँग साझेदारी गरेर एक्स–५ टर्बो गेमिङ डिस्प्ले चिप समावेश गरेको छ, जसले पब्जी मेबाइलका लागि ९० FPS र १२० FPS समर्थन, सुधारिएको रिजोल्युसन, सधैँ चालू एचडिअर, र MEMC प्रविधिजस्ता सुविधाहरू प्रदान गर्दछ।
जिटी–२० प्रेले स्थिर फ्रेम दर इन्जिन, बाइपास चार्जिङ र ४५W सुरक्षित चार्जिङसहित ५,०००mAh ब्याट्रीजस्ता अत्याधुनिक प्रविधिहरू समावेश गर्दछ। VC च्याम्बर कुलिङ प्रविधि भएकाे इन्फिनिक्सकाे मोबाइलहरूमा १५ महिनाकाे वारेन्टी पाइने कम्पनीले जनाएकाे छ।