गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा ६० प्रतिशतसम्मको छुट

सोमबार, १० असार, २०८१
डिजिटल संस्करण

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन्।

शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको हो।

सम्झौतापश्चात् गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूले उपलब्ध गराउने विभिन्न सामग्री तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरूले अमेरिकामा आधारित कोडिङ शैक्षिक संस्था (Codingal)को अधिकृत साझेदार मेन्टरल्याब एड–एक्सले प्रवाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन्।

मेन्टरल्याब एड–एक्सले बालबालिकालाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्ने गर्दछ। विकास बैंकका ग्राहकहरूले लगनखेल ललितपुरमा अवस्थित पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा– ५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवाहरूमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
 

सुझावित समाचार