समृद्धि फाइनान्सको औरही र मधुवन शाखा कार्यालयले छुट्टाछुट्टै पहिलो वार्षिकोत्सव मनाएका छन् । फाइनान्सले औरही नगरपालिका र वराह क्षेत्र नगरपालिकाका स्थानीय व्यापारी, बचतकर्ता, बुद्विजीवी, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि आदिको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो ।
शाखाले आगामी दिनमा स्थानीय आवश्यकताअनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लगानीमा अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउने कार्ययोजना राखेको छ ।