६ महिनापछि हकप्रद सेयरको अनुमति

सोमबार, १० असार, २०८१
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्डले ६ महिनापछि हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई १: १ अनुपातमा ९९ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले सार्वजनिक लेखा समितिको निर्देशनअनुसार बिस्तारै अनुमतिको प्रक्रिया अघि बढाउन लागिएको बताए । ९० भन्दा बढी नेटवर्थ भएका कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिने तयारी पनि थालिएको छ । उनले भने, ‘लेखा समितिले ९० नेटवर्थभन्दा कम भएकालाई अनुमति नदिन निर्देशन दिएको छ, सोहीअनुसार नेटवर्थ पुगेका आइपिओ कम्पनीले अनुमति पाउँछन् ।’

गत पुसमा सार्वजनिक लेखा समितिले कम नेटवर्थ भएका कम्पनीले मूल्य बढाएर सेयर निष्कासन गरेको हुँदा सर्वसाधारणको लगानी जोखिममा परेको भन्दै त्यस्तो अवस्था आउन नदिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएको थियो । लामो समयदेखि अध्यक्ष नियुक्ति प्रक्रिया रोकिँदा बोर्डले कुनै पनि निर्णय लिएको थिएन । 

सुझावित समाचार