सन् १७८८ : नौ राज्यले अनुमोदन गरेपछि मात्र प्रभावमा आउने प्रावधानअनुरूप नवौँ राज्य न्यु ह्याम्पसायरको अनुमोदनसँगै अमेरिकी संविधान देशव्यापी अनुमोदन भयो । यसको कार्यान्वयन भने संसद् निर्वाचनपछि मार्च ४, १७८९ बाट मात्र भयो ।
सन् १८९८ : स्पेनिस–अमेरिकन युद्धका क्रममा अमेरिकाले स्पेनिस उपनिवेश प्रशान्तीय टापु गुआमलाई कब्जामा लियो । यो भूमि आजका दिनसम्म अमेरिकाकै स्वामित्वमा छ ।
सन् १९४८ : स्वतन्त्र भारतका प्रथम गभर्नर–जनरल तोकिएका अन्तिम ब्रिटिस भायसरोय लर्ड माउन्टबेटनले सो पदबाट राजीनामा दिए ।
सन् १९७६ : इटलीमा सम्पन्न आमनिर्वाचनमा इनरिको बर्लिङगुयरको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले उसको संसदीय इतिहासकै सबैभन्दा राम्रो मत (कुल खसेको मध्ये ३४.४ प्रतिशत मत) हासिल गर्दै दोस्रो ठूलो दल बन्यो ।
सन् १९८९ : अमेरिकाको सर्वोच्च अदालतले राजनीतिक विरोधका क्रममा देशको झन्डा जलाउनु स्वाभाविक भएको फैसला सुनायो ।
सन् १९९१ : पिभी नरसिंह राओ कंग्रेस पार्टीको अल्पमतको सरकारको नेतृत्व गर्दै भारतका प्राधनमन्त्री बने ।
सन् २०१८ : न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेन शासनकालमा बच्चा जन्माउने दोस्रो विश्वनेता बनिन् । यसअघि सन् १९९० मा बेनेजिर भुट्टोले प्रधानमन्त्री रहँदा छोरीलाई जन्म दिएकी थिइन् ।
सन् २०२० : कोभिड–१९ का कारण साउदी अरबले अन्तर्राष्ट्रिय तीर्थालुलाई हजयात्रामा रोक लगायो ।