लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

योग स्वास्थ्य र कल्याणको मार्ग हो : मुख्यमन्त्री महरा

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

लुम्बिनीमा  अन्तर्राष्ट्रिय योग दिवस मनाइएकाे छ । बिहीबार याेगदिवशलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताए ।

 मुख्यमन्त्री महराले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म– अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रुपमा विकास भएको बताए । ‘ योगले हामीलाई आत्म– ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुयाउछ’ उनले भने । 

योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने भन्दै उनले योगका फाइदाहरूलाई स्वीकार्दै सार्वजनिक स्वास्थ्य सम्बन्धि पहलहरूमा समावेश गर्न र योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्नसमेत आग्रह गरे । 

‘यस प्राचीन अभ्यासको रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु’ मुख्यमन्त्री महराले भने । बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा आफूलाई खुसी र आनन्द भएको उनले बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउदा यसले पर्यटन प्रवद्र्धन गर्ने बताए। भारतीय राजदुतावास, लुम्बिनी विकास कोषसहितको आयोजनामा  बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राराष्ट्रिय योग दिवस मनाइएकाे हाे ।

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्नेमार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यता अनुसारको योग अभ्यासले फाइदा गर्ने बताए । उनले लुम्बिनी विकास कोषले भारतीय दुतावाससँग सहकार्य गरेर कार्यक्रमहरु गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनका लागि आगामी दिनमासमेत सहकार्य गर्न इच्छुक रहेको बताए ।

उनले बुद्धजन्मस्थल लुम्बिनीलाई भारतीय पर्यटकहरुको मुख्य गन्तव्य बनाउनुपर्ने बताए । उनले यसका लागि सुनौली नाकामा व्यवस्थित एकिकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री र राजदुताबासको ध्यानआर्कषण गराए । उनले नाकामा पर्यटकहरुले दुःख पाइरहेको गुनासो आउने गरेको तफ संकेत गर्दै मुख्यमन्त्री र राजदुतको ध्यानआर्कषण गराएका हुन । 

कार्यक्रम अघि नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गरेका थिए । राजदुत श्रीवास्तवलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गरेका थिए ।  यो वर्ष ‘स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

सुझावित समाचार