लुम्बिनीसम्म फैलियो मनसुन

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

मनसुनी वायु लुम्बिनी प्रदेशको पूर्वी भेगसम्म फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको छ ।

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो २८ जेठमा भित्रिएको थियो। तर, डेढ सातासम्म मनसुन देशभर फैलन सकेको छैन। नेपालको बाँकी भू–भागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको छ।

See More On

सुझावित समाचार