सिद्धार्थ बैंकले ‘सिद्धार्थ रिवार्ड्स’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, सञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी यसयोजनालाई सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैकिङबाट गरेको टपअपका आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन् । प्राप्त पोइन्टर्स हवाई टिकट, होटेल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदिजस्ता विभिन्न सेवा लिँदा नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।
सिद्धार्थ रिवार्डस सार्वजनिक गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले यसको सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरी ग्राहकको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुर्याउने बताए । साथै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक् एवं नवीन सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव केन्द्रित रहेको बताए ।