संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भएको छ ।
कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरेका छन् । आज नै संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ ।
महत्त्वपूर्ण छलफल भइरहेका वेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएको बताइएको छ ।