कर्मचारीलाई नेसनल लाइफको प्रशिक्षण

बुधबार, ६ असार, २०८१
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीलाई स्वस्थ र सन्तुलित जीवन प्रवद्र्धन गर्न बहुआयामिक प्रशिक्षण दिएको छ । यस प्रशिक्षणबाट कर्मचारीको व्यक्तिगत एवं व्यावसायिक विकास हुने र कम्पनीका लागि समेत उपयोगी हुने अपेक्षा गरिएको छ । 

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक तथा अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक निभा एम प्रधानले गरेकी थिइन् । साथै, वरिष्ठ प्रशिक्षक अच्युत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेको कम्पनीको भनाइ छ । 

कार्यक्रममा सहभागीलाई रोग र तनावमुक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढावा दिनुका साथै कर्मचारीमा उनीहरूको मानसिक अवस्था, कार्यसम्पदान, ऊर्जास्तर, निर्णय लिने क्षमता, समय व्यवस्थापनमा उल्लेखनीय सुधार हुने कम्पनीको विश्वास छ ।
 

सुझावित समाचार