आइसरलाई ‘स्ट्रङ रिभाइभल इन सेल्स एन्ड कस्टमर सर्भिस’ अवार्ड

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

बतास एमएडब्लू आइसरले ‘स्ट्रङ रिभाइभल इन सेल्स एन्ड कस्टमर सर्भिस–०२३/२४’ अवार्ड प्राप्त गरेको छ । ग्लोबल वार्षिक कन्फेरेन्स थाइल्यान्डमा आयोजित कार्यक्रममा आइसरले सो अवार्ड जितेको हो । 

कमर्सियल भेहिकलमा अग्रणी रहेको नेपालका लागि आधिकारिक विक्रेता बतास र एमएडब्लूबीच एकताको पहिलो वर्षमै कम्पनीले अन्तर्राष्ट्रियस्तरको सफलता चुमेको जनाएको छ । पहिलो वर्षमा नै आइसर इन्डियाले आइसरको बिक्री–वितरण तथा ग्राहक सेवामा ठूलो र अग्रणी परिवर्तन महसुस गरेको बताइएको छ । 

कम्पनीले समयसापेक्ष ग्राहकको चाहनाअनुरूप बस, ट्रक, ट्रिपर उपलब्ध गराउँदै आएको छ । यस्का साथै अन द स्पट सेवा, विनाझन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेन्ज फाइनान्सको सुविधा रहेको छ । साथै कम्पनीले अनलाइनमार्फत स्पेयर्स पार्टस् पनि उपलब्ध गराउँदै आएको कम्पनीका कार्यकारी निर्देशक तथा सिइओ दीपक अग्रवालले बताए ।  

सुझावित समाचार