सुदूरपश्चिमले ल्यायाे सडक पूर्वाधारमा पाँच अर्ब ६८ करोड बजेट

शनिबार, १ असार, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष प्रदेशमा सडक पूर्वाधारको विकास गर्न पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ। 

सदनमा बजेट प्रस्तुत गरिरहेका प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश गौरवका सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएका छन्।

त्यस्तै, हालसम्म सडक सुविधा नपुगेको बझाङको साइपाल, बैतडीको सिगास र दार्चुलाको अपी हिमालमा सडक सञ्जाल जोड्ने सडकलाई प्राथमिकता दिइएको बजेटमा उल्लेख गरिएको छ। त्यस्तै, जिल्लाका रणनीतिक सडक निर्माणका लागि पनि पर्याप्त बजेट विनियोजन गरिएको मन्त्री पालले बताए। 

सरकारले ऊर्जा र सिँचाइ क्षेत्रमा तीन अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ। आर्थिक मामिलामन्त्री पालले अहिले सदनमा प्रदेशको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत १३ अर्ब ३५ करोड बजेट छुट्याइएको छ।

सुझावित समाचार