टी-२० विश्वकप : प्रधानमन्त्री प्रचण्ड र सदस्य–सचिव घिसिङ क्रिकेट हेर्दै

शनिबार, १ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले वेस्ट इन्डिजमा भइरहेको आईसीसी टी– २० विश्वकप अन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेलसंगै  बसेर हेरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री निवास बालुवाटारमा संगै बसेर खेल हेरिरहेका छन् । टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको नेपालले दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न सफल भएको छ ।

दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाल सामू १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि स्पिनरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंग ऐरीले उत्कृष्ट बलिङ गर्दै क्रमशः ४ र ३ विकेट लिए । नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

सुझावित समाचार