दश ओभरमा दक्षिण अफ्रिकाले बनायो ५७ रन

शनिबार, २ असार, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप प्रतियोगिता २०२४ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरिरहेको छ।

वेष्ट इन्डिजको किङ्सटाउन स्थित क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ।

दश ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा ५७ रन बनाएको छ।  

दीपेन्द्रसिंह ऐरीले क्विन्टन डिकोकको विकेट लिँदै चौथो ओभरमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। डिकोकले दश बलमा दश रन बनाए। नेपालले चौथो ओभरमा विकेट निकालेको हो। 

सन्दीप लामिछानेले दुई ओभर बलिङ गर्दै जम्मा चार रन दिलाएका छन्। सोमपाल, करन, दीपेन्द्र, कुशल भुर्तेल र कुशल मल्ललाई कप्तान रोहितले प्रयास गरेका छन्।

नेपाली टिममा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, अनिल साह, सोमपाल कामी, करन केसी, गुल्सन झा, सन्दीप लामिछाने, अविनाश बोहरा समावेश छन्।

दक्षिण अफ्रिका प्रतियोगिताको सुपर एटमा पुगिसकेको छ। 

सुझावित समाचार