दक्षिण अफ्रिकाविरूद्ध यस्तो छ नेपाली टिम, सन्दीप पनि खेल्दै

शनिबार, १ असार, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप प्रतियोगिता २०२४ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ। 

प्रतियोगिताको सहआयोजक वेष्ट इन्डिजको किङ्सटाउन स्थित क्रिकेट मैदानमा हुने यो खेलमा नेपाल स्पष्ट जितको लक्ष्यसहित मैदान उत्रिएको छ। 

टस जितेर पहिले बलिङ रोजेको नेपालको टिममा सन्दीप लामिछाने पनि समावेश भएका छन्। 

नेपाली टिममा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, अनिल साह, सोमपाल कामी, करन केसी, गुल्सन झा, सन्दीप लामिछाने, अविनाश बोहरा समावेश छन्।

दक्षिण अफ्रिका प्रतियोगिताको सुपर एटमा पुगिसकेको छ। 

सुझावित समाचार