गर्मीले विद्यार्थी बिरामी हुन थालेपछि सल्यानमा विद्यालय बन्द

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

अत्यधिक गर्मीले विद्यार्थी कक्षाकोठामा नै बिरामी हुन थालेपछि सल्यानका तीन स्थानीय तहका शिक्षण संस्था बन्द भएका छन्। गर्मीले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द भएका हुन्। 

त्रिवेणी गाउँपालिकाले एक हप्ता, शारदा नगरपालिकाले तीन दिन र बनगाड कुपिण्डे नगरपालिका– ७ मा रहेको कृष्ण माध्यमिक विद्यालयले बन्द गरेका छन्। 

बर्खे बिदामा कटौती हुने गरेर पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले जानकारी दिए। 

अत्यधिक गर्मीका कारण विभिन्न विद्यालयका विद्यार्थी बेहोस भई पठनपाठन प्रभावित हुन थालेपछि शुक्रबारदेखि असार ६ गतेसम्म विद्यालय बन्द गरिएको उनको भनाइ छ। साथै मौसम अनुकूल भएमा कार्यालयले आवश्यक निर्णय गरी पठनपाठनका सञ्चालन गर्ने केसीले बताए। 

यस्तै, शारदा नगरपालिकाले पनि गर्मीका कारण विद्यार्थी बिरामी हुन थालेको भन्दै नगरभित्रका विद्यालयमा तीन दिन बिदा दिएको छ। 
 

सुझावित समाचार