सेयर बजारमा पाँच महिनायताकै उच्च काराेबार

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

लगातार तीन दिनसम्म बढेको सेयर बजार आज सामान्य अंकले  घटेको छ। सेयर बजार परिसूचक नेप्से आज ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा झरेको छ।

बिहीबार विकास बैंक र फाइनान्सबाहेक सबै समूहको सेयर घटेको छ। समग्रमा बजार घटे पनि समृद्धि फाइनान्स, कुथेली बुखारी हाइड्रोपावर र साधना लघुवित्त कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २८ करोड रुपैयाँबराबरको सेयर किनबेच भएकाे छ। 

आज बजार घटे पनि पाँच महिनायताकै उच्च काराेबार भएकाे छ। एक करोड ४२ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ। यसअघि माघ ७ मा सात अर्बभन्दा बढीकाे काराेबार भएकाे थियाे। 

सुझावित समाचार