नाडा अटो सोका लागि स्टल बुकिङ आजदेखि

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १६औँ संस्करण ‘नाडा अटो सो २०२४’ का लागि आजदेखि स्टल बुकिङ खुला भएको छ । बुकिङ ५ असारसम्म खुला हुने नाडाले जनाएको छ । प्रदर्शनीमा स्टल राख्नेको माग धेरै भएकाले विगतका संस्करणजस्तै यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने आयोजक नाडाले जनाएको छ । 

सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी नाडाले ११ देखि १६ भदौसम्म भृकुटीमण्डपमा १६औँ संस्करण आयोजना गर्दै छ । प्रदर्शनीमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, अटो कम्पोनेन्टस् एवं ग्यारेज उपकरणलाई समूहअनुसार छुट्याइएको छ । रजिस्ट्रेसन पनि सोहीअनुसार मिलाइएको नाडाले जनाएको छ । 

नाडा अटो सो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विषेश योगदान पुर्याउँदै आइरहेको छ ।

See More On

सुझावित समाचार