सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवामा २५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
दुई संस्थाबीचको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।