वीरगन्ज महानगरका विद्यालयमा थप तीन दिन गर्मी बिदा

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको छ।

गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै महानगरपालिकाले जेष्ठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेक हो। यसअघि महानगरपालिकाले यही जेष्ठ १६ देखि १८ गतेसम्म पनि विद्यालयहरूमा गर्मी बिदा दिएको थियाे।

बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले एक सूचना जारी गर्दै हाल गर्मी बढिरहेकाे र अबका केही दिन अझ गर्मी बढ्ने माैसम विभागकाे पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाकाे स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयहरूम जेष्ठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी बिदा दिने निर्णय गरिएको जनाएका छन्।

सुझावित समाचार