सिटिजन्स बैंक र ग्रान्ड नर्लिङ रिसोर्टबीच समझदारी

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौंस्थित ग्रान्ड नर्लिङ होटेल रिसोर्टबीच छुटसम्बन्धी समझदारी भएको छ ।

समझदारीपछि बैंकका ग्राहकले रिसोर्टका सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । 

सुझावित समाचार