संखुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

संखुवासभाको चिचिला गाउँपालिका– ३ सोलाखानीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारूको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका वेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।   
 

See More On

सुझावित समाचार