मर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ ।केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी दिए ।

केन्द्रमा रहेका तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए ।‘सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुँदा विद्युत् उत्पादन घटेर ३० मेगावाटसम्म पुग्ने गरेको छ । यसपटक समयमा वर्षा भएकाले हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको हो,’ उनले भने ।

सुझावित समाचार