मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडले गत वर्ष असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित थलरा गाउँपालिका– ९ स्थित भवानी आधारभूत विद्यालयको भवन पुनर्निर्माणका  लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौंसँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ।

हाल नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी निर्माण गरिएको उक्त भवनको निर्माणकार्य सम्पन्न भई एक कार्यक्रमबीच विद्यालयलाई हस्तारण गरिएको छ। सो भवन निर्माणकार्यका लागि अभिभावक तथा अन्य स्थानीयवासीहरूले श्रमदानसमेत गरेका थिए। 

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विद्यार्थीले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घामपानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ।

सुझावित समाचार