यो सातामा कारोबारको पहिलो आइतबार ४.५९ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन ८.९० अंकले बढेको छ। आज नेप्से परिसूचक ०.४२ प्रतिशतले बढेर दुई हजार ८२.०९ को विन्दुमा कायम भएको हो।
आज तीन सय १४ कम्पनीको एक करोड १६ लाख ३४ हजार ६ सय १८ कित्ता सेयर ७१ हजार नौ सय ४८ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ४९ करोड ६ लाख नौ हजार सात सय ८२ बराबरको कारोबार भएको छ।
बैंकिङ समूह ०.०२, होटेल तथा पर्यटन ०.९३, जीवन बिमा ०.२४, म्युचुअल फन्ड ३.७४, व्यापार समूह २.०३ र अन्य समूह ०.०३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
आज विकास बैंक समूह ०.३६, वित्त १.२१, जलविद्युत् दुई, लगानी ०.१५, लघुवित्त ०.६२ र निर्जीवन बिमा समूह १.२८ प्रतिशतले बढेको छ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्प पावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै घट्नेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेड ८.६७ र बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ५.२९ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ४१ करोड ८७ लाख ६३ हजार दुई सय ६ बराबरको ६ लाख २७ हजार ६ सय ७६ कित्ता सेयर किनबेच भएको छ।