बझाङमा उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

विपत् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा सोमबार बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ।

सदरमुकाम चैनपुरनजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो।

प्रहरी नायबत् उपरीक्षक भरत शाहका अनुसार केदारस्यूँ गाउँपालिका– ७ खिकिरीका बासिन्दासमेत रहेका उनको अभ्यासको क्रममा सेती नदीको बीचभागमा खसेर ज्यान गएको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज संयुक्त रूपमा प्राकृतिक विपतका वेला बाढीमा फसेकाहरूको उद्धारसम्बन्धी नमुना अभ्यास देखाएको थियो। सोही क्रममा धामी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेहोस भएका उनलाई जिल्ला अस्पताल लगिए पनि बचाउन भने सकिएन।

सुझावित समाचार