प्राइम कमर्सियल बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले गोकर्णेश्वर नगरपालिकाको हनुमानचोकमा र कागेश्वरी –मनोहरा नगरपालिका वडा नम्बर ३, भद्रवासमा एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा सुरु गरेको हो ।
हनुमानचोकको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जयराम महत र भद्रवासमा कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले उद्घाटन गरेका हुन् ।
सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत श्री सञ्जीव मानन्धरले आफ्ना ग्राहकलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।