लेकमा धान रोपाइँ

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

ताप्लेजुङ फुङलिङ नगरपालिका– २ बोझेमा धान रोपाइँ गर्दै किसान । केही दिनअघि वर्षा भएपछि किसानले रोपाइँ थालेका हुन् ।

लेकाली क्षेत्रका मेरिङदेन, मिक्वाखोला, आठराई त्रिवेणी, मैवाखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । लेकाली क्षेत्रमा ढिलो गरी रोपाइँ गर्दा बाला नलाग्ने र धान कम फल्ने भएकाले पानी जोहो गरेरै भए पनि समयमै धान रोप्नुपर्ने मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुका बेदनिधि भट्टराईले बताए ।

वर्षमा दुई बाली मात्रै उत्पादन हुने लेकाली क्षेत्रमा असार १५ सम्ममा रोपाइँ सकिन्छ । लेकाली क्षेत्रमा धान र गहुँ वा जौ उत्पादन हुन्छ । 

सुझावित समाचार