सवा अर्ब लगानीको ‘ग्रान्ड सेन्ट्रल होटेल’ सञ्चालनमा आउँदै

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

सुनसरीमा फाइभ स्टार होटेल ‘ग्रान्ड सेन्ट्रल होटेल प्रालि’ सञ्चालनमा आउने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)को एकल लगानीमा होटेल सञ्चालनमा आउन लागेको हो । 

कुल लगानी एक अर्ब सात करोडको अनुमानित लगानी रहेको उक्त होटेललाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आइआरएन बिबी (डबल बी माइनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । सो रेटिङ पाएसँगै डलब बी माइनसबाट दीर्घकालीनका लागि ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फ छोटो अवधिका लागि तीन करोड रपैयाँबराबरको कर्जा लिन सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।

विन्धाम होटेल एसिया प्यासिफिक प्रालिबाट मान्यताप्राप्त उक्त होटेललाई होटेलको स्थान र निर्माण सक्रियता, विदेशी होटेलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिइएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जानकारी दिएको छ ।  

उक्त होटेललाई एबी इन्भेस्टमेन्ट होल्डिङ्सले निर्माण गरिरहेको छ । सो इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनामा प्रत्यक्ष लगानी र परियोजना निर्माण गर्दै आइरहेको छ । उक्त होटेलले प्रतिष्ठित विदेशी चेन होटेल विंडहामसँगको सहकार्यमा रमाडा ब्रान्डलाई भित्र्याएको छ । विन्धाम होटेलका विश्वभर ९५ देशमा नौ हजार एक सय होटेल सञ्चालित छन् । अध्यक्ष बस्नेतसँग यस्ता परियोजनामा काम गरेको लामो अनुभव र सफलतालाई हेरेर नै उनको होटेलले उक्त रेटिङ पाएको बताइएको छ । सो होटेल २०२५ को मध्यतिर सफ्ट लन्च तथा सन् २०२६ मा पूर्ण रूपमा सञ्चालनमा आउने तयारी छ ।

सुझावित समाचार