सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा काठमाडौं महानगरको शिक्षा विभागले लगायो ताला

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आइतबार चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ।

विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरूमा ताला लगाएको हो।

यसरी ताला लगाइएका सटरहरूमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र माविले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटर छन्।

सुझावित समाचार