सामसुङ ग्यालेक्सी एम– ३५ फाइभजी नेपाली बजारमा लन्च गरिएको छ। २५ वाट फास्ट चार्जिङ सपोर्ट र ६००० एमएएच ब्याट्री पावर भएको यो मोबाइल २५ वाट चार्जरको साथमा आउँछ।
पावरफुल एक्जोनस १३८० प्रोसेसरबाट सञ्चालित ग्यालेक्सी एम–३५ मा ८ जिबी र्याम छ भने माइक्रोइसडी स्लटमार्फत २५६ जिबीसम्म विस्तार गर्न सकिने इन्टरनल स्टोरेज छ। चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने कम्पनीले जनाएको छ। एन्ड्रोइड १४ मा चल्ने यो फोनमा वान युआई ६.१ को प्रयोग गरिएको छ।
६.६ इन्चको एफएचडी र १२० हर्ज को सुपर एमोलेड डिस्प्ले भएको एम–३५ मा ८ एमपी अल्ट्रा–वाइड क्यामरा, २ एमपी म्याक्रो क्यामरा र ५० एमपी मुख्य क्यामरा छ भने १३ एमपी फ्रन्ट–फेसिङ क्यामेरा छ। ३० fps मा फोर–के रेकर्डिङ र २४० fps मा स्लो मोसन भिडियो रेकर्ड गर्न सकिन्छ।
यो फोन गाढा निलो, खैरो र हल्का निलो तीन रंगमा उपलब्ध छ। 8+256 जिबी भेरियन्टको मूल्य रु. ४४,९९९ निर्धारण गरिएको छ र यो डिभाइस अब देशव्यापी रूपमा सबै सामसङको अधिकृत आउटलेटहरूमा उपलब्ध छ।
इन्स्टा फाइनान्स सेवामार्फत सजिलैसँग यो फोन प्राप्त गर्न सकिनेछ, जुन देशभरका पाँच सयभन्दा बढी अधिकृत सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छ। यो सेवाले सहज रुपमा शून्य ब्याजमा झन्झटरहित इएमआई सेवाहरू प्रदान गर्दछ।